काठमाडौंको धुम्बाराहीमा जलेर आत्मदाह गरेकी युवती प्रकरणमा युवक प्रकाउ परेका छन्।
६ महिना अगाडि इन्गेज्मेन्ट भएर पछि केटा पक्षले बिहे क्यान्सिल गरेपछि २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमै पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाएकी थिइन्।
पुष्पाले आत्मदाह गर्न खोजिरहेको अवस्थामा केटा र केटाको बाबुलगायत अन्य परिवारका सदस्यहरुले कौशीबाट तमासे बन्दै केटाको परिवारले केटीलाई कौशीबाट केटीले आत्मदाह गर्न खोजिरहेको अवस्थामा रमिते बन्दै हेरिरहेको स्थानीयको भनाई रहेको छ।
सो घटनामा केटी पक्षको जाहेरी पछि झापा घर भई धुम्बाराहीमा बसोबास गर्दै आएका सुदन संग्रौलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
विगतमा प्रेमसम्बन्धमा रहेका पुष्पा र सुदनबीच केहि दिन अघि मात्र केटा पक्षले विवाह स्थगित गरेको थियो।