काठमाडौँ । आज त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। विद्यार्थी संगठनसँगको बैठकमा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सो तालिका सार्वजनिक गरेको हो।
आजको बैठकमा सहभागी अनेरास्ववियू , समाजबादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राबिसंघ लगायतका संगठनले प्रस्तावित स्वबियु निर्वाचन तालिकाको स्वागत गरेका छन्।
त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु गराउन अग्रसर हुनुपर्ने कुरामा विद्यार्थी संगठनले जोडदिएका छन्।