सिके राउत र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : ४१


जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

मंगलबार उनले राष्ट्रपति कार्यालय पुगेर भण्डारीलाई भेटेका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भेटको तस्बिर सार्वजनिक गरेका छन्।

उनीहरूबीच शिष्टाचार भेटघाट भएको र देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्