घट्यो सुनको भाउ

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १ : १७


मंगलबार सुनको भाउ तोलामा छ सय रूपैयाँले घटेको छ। लगातार बढेर तोलाको लाख नजिक पुगेको सुनको भाउ घटेको हो।

सोमबार सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ पुगेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको सुन सोमबार ४०० ले बढेको थियो। यस्तै तेजाबी सुन ९८ हजार ८०० मा कारोबार भइरहेको छ। चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ।

कारोबार मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ भएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि मंगलबार सुनचाँदी दुवैको मूल्यमा गिरावट देखिएको हो।


प्रतिक्रिया दिनुहोस्