गोकुल बाँस्कोटाको घरमा भेटिएको बम सेनाद्वारा निष्क्रिय

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १० : १६


नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको हो।

घरको कम्पाउण्डमा प्रेसर कुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएपछि सेना र प्रहरीको टोली बोलाएर सो बस्तु निष्क्रिय पारेको हो।

बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका र बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसर कुकरमा शंकास्पद वस्तु देखिएपछि प्रहरी र सेनालाई खबर गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्