यौन सम्पर्कअघि के चाहन्छन् युवतीहरु?

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १२ : ०४


भनिन्छ, प्रेममा शारीरिक वासनालाई महत्व दिनु राम्रो होइन । जब प्रेममा मन भन्दा बढी शरीर हावी हुन थाल्छ, केही न केही गडबड सुरु हुन्छ । तर, सबैको हकमा यस्तो लागू हुँदैन । 

प्रेममा शारीरिक सम्बन्धको महत्व पनि निकै हुने गर्दछ । यसमा सबैको एउटै बुझाई नहुन सक्छ । प्रेमको नाममा बलात्कार गर्न पनि पछि नपर्ने पनि यहीँ समाजमा छन् भने प्रेमको महिमागान गर्दै प्रेमिकालाई शारिरीक रुपले छुँदै नछोएर भावनात्मक प्रेममा हराउने पनि यहीँ छन् । कसैले प्रेम हृदयबाट हुने बताउँछन् त कोही रोमान्टिक मुड र शारिरीक आकर्षणसँग पनि जोड्न पुग्छन् । 

कतिसम्म भने अहिलेका कतिपय प्रेमी प्रेमिकाहरु पहिलो डेटमै यौन उन्मादसम्म पुग्ने गरेका पनि पाइन्छन् भने कोही यौन सम्बन्धकै लागि प्रेम गर्नेहरु पनि भेटिन्छन् । 

तर यहाँ खाली शारिरीक आकर्षण र यौन सम्बन्धसँग, कामबासनासँग मात्रै जोडिएको शरिरको, भोगविलासको प्रेमका बारेमा चर्चा गर्न खोजिएको छैन ।

हरेक प्रेम सम्बन्धमा स्नेह र प्रगाढता त हुनैपर्छ साथसाथै एक अर्कालाई बुझनु पनि जरुरी छ । प्रेमिकाद्वारा नयाँ कपडा पहिरिएर आएमा उनको प्रशंसा गर्नु, उनको सराहना गर्दै उनको हात चुम्ने जस्ता स–साना कुराहरु सम्बन्ध बलियो बनाउन जरुरी छ ।

प्रेमिकालाई तपाईले सेक्सको लागि मात्रै चाहनुहुँदैन उनीप्रति तपाईंको लगाव सेक्स भन्दा धेरै महत्वपूर्ण छ भनेर यस्तै कुराहरुले बताउँछ ।

प्रेम सम्बन्ध चल्दै गर्दा अहिलेका युवायुवतीहरु एकान्त भेट्नसाथ यौन सम्बन्ध बनाउन डराउँदैनन् । यस्तोमा युवक सेक्सको लागि छिटो तयार हुन्छ र सेक्सको लागि तत्पर हुन्छ भने प्रेमिकाहरुको संकेत शारीरिक सुखमात्रै नभएर सबै पलहरुको रोमाञ्चकतालाई समेट्नेतर्फ हुन्छ ।

यस्तोमा प्रेमीले शारीरिक सम्बन्ध बनाइसकेपछि आफ्नो प्रेम सकिएको सम्झिन्छ भने प्रेमिकाले शारीरिक सम्बन्ध कायम भइसकेपछि झनै दिलो ज्यानले एक अर्कालाई चाहने, मिठो मिठो कुरा गर्ने, छेडछाड र सेक्सपछि पनि प्रेमीको अंगालोमा बाँधिदा भाग्यमानी सम्झिने गर्छिन् ।

प्रेमिकाहरु भावनाहरुलाई प्रेमको अभिव्यक्ति सम्झिछन् साथै उनीहरु प्रेमीले आफ्नो यौन चाहनालाई आफै बुझोस् र मायालु व्यवहार गरोस् भन्ने चाहन्छन् ।

अनुसन्धाताहरु भन्छन्, ‘धेरैजसो प्रेमीले आफ्नो प्रेमिकाको यौनचाहनालाई प्राथमिकता दिन चाहँदैनन् । तर युवतीहरु भने सेक्समात्रै होइन रोमान्टिक माहौल चाहन्छन् ।

युवतीहरुलाई आनन्ददायक सेक्स लाइफको लागि यौनसम्पर्क मात्रै होइन आफ्नो प्रेमीको साथमा बिताएको हरेक क्षणमा रोमान्टिक पलहरु र मायालु व्यवहारको पनि आवश्यकता हुन्छ ।

युवतीहरुलाई आफ्नो प्रेमीले बाहिर भेट्दा पढाई, करियरको मात्रै कुरा गरेको र फेरि एकान्तमा भेट्नसाथ सेक्सको चाहना गरेको कहिल्यै पनि मनपर्दैन ।

यदि प्रेमीले यस्तो मात्रै गर्छ भने युवतीहरुको मनमा आफू उनीहरुको यौन इच्छा पूरा गर्ने एक खेलौनामात्रै भएको जस्तो भावना आउँछ । यस्तोमा उनीहरु आफ्नो प्रेमीलाई धेरै स्वार्थी र आफैलाई भोगको वस्तु सम्झिन थाल्छिन् ।

मनैदेखि धेरै माया गरोस् भन्ने चाहना

हरेक प्रेमीकाले आफ्नो प्रेमीले केवल सेक्सको लागि मात्रै हाइन बरु मनैदेखि धेरै माया गरोस् भन्ने चाहन्छन् । आफूलाई धेरै ध्यान देओस् भन्ने चाहन्छन् त्यसैले उनीसँग आफ्ना कुराहरु शेयर गर्नुहोस्, प्रेमपूर्वक कुराहरु गर्नुहोस् र उसको भावनाहरुलाई बुझ्ने कोसिस गर्नुहोस् ।

समाजशास्त्रीहरुका अनुसार युवतीहरुले आफ्नो जिन्दगीको हरेक पललाई एकआपसमा जोडेर हेर्छन् । तर, युवकले तनाव र झगडालाई सेक्सको समयमा छुट्टै राखिदिन चाहन्छन् । युवकहरु अन्य समस्यालाई सेक्ससँग जोड्न चाँहदैनन् ।

खासमा अफेक्सनको कारणले सेक्स सुखद हुन्छ । मानसिक रुपमा आफ्नोपन, प्रेम र नजिक भएपछि मात्रै सेक्स सम्बन्ध सही अर्थमा उत्तेजनापूर्ण हुन्छ ।

प्रेमीले समय समयमा सानो सानो उपहारहरु दिने, बाहिर कफी पिउन जाने, लञ्चडिनर गराउन लैजाने, सिनेमा हेर्न लैजाने गरेमा प्रेमीले आफूलाई महत्व दिन्छ भन्ने प्रेमीकाले बुझ्छिन्। यस्तो भएमा प्रेमीका पनि सेक्सको समयमा पूरै समर्पित हुन्छिन् । यस्तोमा सेक्सको मजा पनि कैयौं गुणा धेरै हुन्छ ।

प्रेमिकामा पनि पूर्ण समर्पणको चाहना

अध्ययनहरुबाट ६० प्रतिशत प्रेमीकाले मात्रै जति पटक आफ्नो प्रेमीसँग सम्भोग गरेका छन् त्यसमा कम्तीमा पनि आधा पटक मात्रै चरम आनन्दको अनुभव गर्ने तथ्य प्राप्त भएको छ । तर, उनीहरुलाई प्रेमीको खुसीको लागि सेक्सको क्रममा चरमआनन्द प्राप्त गरेको जस्तो देखाउन पर्छ ।

कैयौं पटक त उनीहरुको मनमा आफूमै केही कमी भएको त छैन भन्ने अपराधवोध हुन्छ । युवतीहरुमा आफ्नो अंगको बनावट, आकार र सरसफाइलाई लिएर तुलनात्मक रुपमा हिनताको भावना हुन्छ । यसैले उनीहरु अँधेरोमा मात्रै निवस्त्र हुन चाहछन् ।

आफ्नो अंग र सौन्दर्यको प्रशंसाको गरोस भन्ने अपेक्षा

युवतीहरुले आफ्नो प्रेमीले आफ्नो अंग र सौन्दर्यको प्रशंसाको गरोस भन्ने अपेक्षा राख्छन । तर उल्टै कैयौं युवकहरुले आफ्नो प्रेमीकालाई मोटी, काली, लुरीजस्ता सम्बोधनहरु गर्छन् । यस्तोमा प्रेमीकाहरुको चित्त दुख्न सक्छ ।

यस्ता अवस्थामा प्रेमीकाहरुले आफ्नो प्रेमीसँग यौन सम्बन्ध राख्न खोज्दैनन् । यदि यस्तो भएका उनीहरुको यौन जीवन नीरस र आनन्दविहीन हुन्छ ।

प्रेमीले प्रेमीकाको छालाको कोमलता, आँखाको सुन्दरता, ओठ, लामो कपाल, वक्ष, नितम्ब आदिको सुन्दरता र सेक्सुअल्ली अट्रयाक्सनको प्रशंसा गरेर प्रेमीकाको आत्मविश्वास बढाउने काम गर्नुपर्छ ।

दुवैजना बीचमा हसिँमजाक गर्ने गरेमा प्रेमीकाले सेक्समा पूर्ण समर्पण गर्दै सहयोग गर्छिन् । तर, प्रेमीले धेरै झूठो प्रशंसा गर्न थाल्यो भने पनि प्रेमीकाहरुले मन पराउँदैनन् ।

सेक्सपछि पनि ध्यान दिनुपर्छ

धेरै युवाहरु यस्ता जंगली हुन्छन् कि प्रेमिकालाई एकान्तमा पाउनासाथै सेक्स गर्न खोज्छन् । अनि सेक्स गर्दा चरममा पुगेर स्खलित हुनासाथै अर्कोपट्टी फर्केर प्रेमीकालाई वास्ता गर्दैनन् । मानौं अब प्रेमीकासँग कुनै पनि मतलब छैन्, उनीहरुलाई मतलब त मात्रै सेक्सको थियो ।

यस्तोमा प्रेमिकाले आफैलाई एकदम एक्ली, उपेक्षित र युज एण्ड थ्रो गरिने वस्तु सम्झिन्छिन् । उनीहरुलाई लाग्छ प्रेमीको अन्तिम उद्देश्य नै सेक्स मात्रै थियो । युवतीहरुले सेक्स र स्खलनपछि पनि प्रेमीले उसलाई चुमोस, उसको अंगलाई चलाओस् भन्ने चाहन्छन् ।

यौनसम्पर्क पछि बिदा हुने बेलामा पनि प्रेमीले आफूलाई अंगालो मारेर  गालामा चुमोस अनिमात्रै छोडेर आओस् भन्ने लाग्छ । यसले प्रेमीकालाई आत्मसन्तृष्टि महसुस हुन्छ ।

युवतीहरुलाई बाहिर भेट्दा एकपटक पनि नछुने प्रेमीले एकान्तमा भेट्नासाथै फोरप्लेको लागि अगाडि बढेको कत्ति पनि मनपर्दैन । युवतीहरु प्रेमीले उनलाई बाहिर भेट्दा पनि यौन उत्तेजना नबढाउने तरिकाले उसलाई छुने, चुम्बन गर्ने गरोस् भन्ने चाहन्छन् ।

उनीहरु छेडछाड हाँसीमजाक र आफ्नोपन देखाउनको लागि छोउन् भन्ने चाहन्छन् । त्यसैले कहिले उनीहरुको कपाल चलाउनुहोस्, उनीहरुको गालालाई चुम्नुहोस्, ओठलाई चुम्नुहोस्, हातमा हात राख्नुहोस् ।

सम्बन्धमा मजबुतीको लागि यो कुरा धेरै जरुरी छ । प्रेमीकालाई तपाईंले उनलाई सेक्सको लागि मात्रै चाहनुहुन्न भन्ने बताउनको लागि यस्तो आवश्यक पर्छ ।

उत्तेजनाको लागि रोमान्टिक कुरा जरुरी

एकान्त पाउनासाथै प्रेमीकालाई सेक्सको लागि कर गर्ने र पूरै उत्तेजित नै नभइ सेक्स गरेको प्रेमीकाहरुलाई मन पर्दैन । यसबाट केटाले त यौनसन्तुष्टि प्राप्त गर्लान तर केटीहरु सन्तुष्ट हुँदैनन् ।

युवतीहरुले आफ्नो प्रेमीबाट एकान्तको समयमा मिठो छेडछाड, रोमान्टिक कुराहरु र काउकुती लाग्ने सेक्सी किस्साहरु सुन्ने मन गर्छन् जसले उनीहरुको मनभित्रै चस्का देओस् । यसले सेक्सको लागि विस्तारै उनीहरुको मुड बनाउने काम गर्छ ।

यौनसम्पर्कको क्रममा प्रेमिकाको प्रशंसा गर्ने, उनीसँग प्रेम व्यक्त गर्ने र उनीहरुको नाम लिने, तातो सास लिने गर्नाले प्रेमिकालाई उत्तेजना प्रदान गर्छ ।


प्रतिक्रिया दिनुहोस्