स्याङ्जा-२ मा धनराज गुरुङ विजयी, पद्मा अर्याल पराजित

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : २५


काठमाडौं । स्याङ्जा क्षेत्र नं २ बाट नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन्।

नेकपा एमालेका उम्मेदवार पद्मा अर्याललाई हराउँदै गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

अन्तिम मत परिणामअनुसार कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले ३१ हजार ४६६ मत ल्याएर अर्याललाई पराजित गरे।

एमाले सचिवसमेत रहेकी अर्यालले २५ हजार ८३९ मत प्राप्त गरिन्। अर्याल गुरुङसँग ५ हजार ६२७ मतान्तरले पराजित भइन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार ११३ मत ल्याए।

यही क्षेत्रबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै अर्याल निर्वाचित भएकी थिइन्। ‍


प्रतिक्रिया दिनुहोस्