नेकपा महासचिव विप्लवलाई मातृशोक

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १२ : ०४


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई मातृशोक परेको छ।

चन्दका ९३ बर्षीय माता आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निवासमै निधन भएको हो।

वि.स १९८६ सालमा रोल्पामा जन्मनु भएकी चन्द वि.स २०४२ मा कपिलवस्तुको शिवगढी बसाइँ सरेर आउनु भएको थियो।

उहाँका ३ छोरा र ४ छोरी हुनुहुन्थ्यो तर जेठो छोरा चन्द्र बहादुर चन्द ‘विरजङ्ग’ एकबर्ष अगाडि मृत्यु भईसकेको छ। भने एक छोरीको समेत निधन भईसकेको छ।

विप्लव आशिकादेवी चन्दको कान्छा छोरा हुनुहुन्छ। भने माइलो छोरा जयन्द्र चन्द पार्टी निकट खेलकुद महासंघको अध्यक्ष हुनुहुन्छ। चन्दलाई केही दिन अगाडि बुटवलमा उपचार गरी घरमा लगिएको थियोे ।


प्रतिक्रिया दिनुहोस्