प्रधानमन्त्री र डा.राउतबीच भेटवार्ता, गठबन्धनसँग सहकार्य गर्न तयार

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ७ : ३४


प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आज भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उहाँहरूबीच आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारुढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ।

यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा राउतबीच भेटवार्ता भएको थियो।

प्रतिनिधिसभा सदस्यमा डा राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।

समानुपातिकतर्फ सो पार्टीले हालसम्म कुल तीन लाख ९४ हजार दुई सय ७६ मत प्राप्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्