सुनको भाउ बढ्यो

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १२ : ५२


सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार एक सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ४० ले बढेर रु एक हजार तीन सय ३० पुगेको महासङ्घले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्