ओलीलाई बालेनको जवाफः ‘सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै रहे’

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ००


काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै बालेनले २०४७ साल यता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको बताए। बालेनले लेखेका छन्,’मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे।’


प्रतिक्रिया दिनुहोस्