विजयकुमार गच्छदारको हार निश्चित

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १२ : २५


सुनसरी क्षेत्र नम्बर ३ मा पूरा मत गनिनसक्दै नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको जित पक्का भएको छ।

अहिले सुनसरी ३ प्रतिनिधसभा प्रत्यक्षतर्फ बर्जु गाउँपालिका ४ को सबै मत गनिसक्दा एमालेकी भगवती चौधरीले ३७ हजार ४२० मतसहित अग्रता बनाएकी छन्।

त्यहाँ यसअघिका दुईवटा चुनावमा चौधरीलाई हराएका कांग्रेस नेता विजय गच्छदारले ३२ हजार १०१ मत ल्याएका छन्।

अहिले यी दुईजनाबीचको अन्तर ५३ सय १९ मतको अन्तर भएको छ।


प्रतिक्रिया दिनुहोस्