विश्वकप फुटबल: मोरक्कोले बेल्जियमलाई हरायो

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ४५


कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ।

मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले पराजित गरेको हो।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले खेलको ७३औँ मिनेटमा ‘फ्रि किक’मार्फत् गोल गरेका हुन्। खेलको दोस्रो हाफको अतिरिक्त समयमा जाकारिया अबोउखलालले गोल गरेपछि मोरक्कोले २-० को जीत हात पार्यो।

जीतसँगै समूह एफमा मोरक्को शीर्षस्थानमा उक्लिएको छ। मोरक्कोले दुई खेलमा चार अङ्क जोडेको छ।

समूहमा बेल्जियमको तीन, क्रोएसिया एक र क्यानडा शुन्य अङ्क छ। विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्यानाडा र क्रोएसिया भिड्नेछन्। उक्त खेल नेपाली समयानुसार ९ः४५ बजे सुरु हुनेछ।


प्रतिक्रिया दिनुहोस्