काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन्।
केहि समय अघि मेयरद्धयबीच सामाजिक सञ्चालमै भनाभन भएको थियो।
तर, पछिल्लो समय बालेनले हर्कको स्टाटस सेयर गरेपछि सो स्टाटसमा हर्कले पनि लभ रियाक्ट गरेका छन्
मेयर शाहलाई सम्झदै हर्कले फेरि फेसबुकमा लेखेका छन् ‘हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन! हामी बाझेको नै कहिले थियौँ र! अब हाम्रो भेट हुँदा छम्छमी नाचेरै देखाउनु पर्ला!’