पूर्वप्रधानमन्त्री झलनाथ खनाल हारे

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ३७


इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत विजयी हुनुभएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित हुनुभएको हो।

बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गर्नुभएको छ भने खनालले २३ हजार ८८ मत पाउनुभएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो । उहाँले आधिकारिक घोषणा भने सोमबारमात्र गर्ने बताउनुभयो।

अधिकृत दाहाल भन्नुभयो, “हाल समानुपातिक तर्फको मतगणना भइरहेको छ। कतिपय मतदाताले प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको ब्यालेट बक्समा खन्याएको पाइएकाले अन्तिम नतिजा भोलि मात्र सार्वजनिक गर्छौँ।”

बस्नेत जनसांस्कृतिक मञ्च हुँदै एमाले राजनीतिमा आउनुभएको थियो। उहाँ इलाम नगरपालिकाको दुई कार्यकाल मेयर भइसक्नुभएको छ। बस्नेत नेपाल नगरपालिका सङ्घको प्रदेश–१ संयोजकसमेत हुनुभएको छ।

 


प्रतिक्रिया दिनुहोस्