रवि लामिछानेको चितवन कार्यालयमा आगलागी

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १० : ४७


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन सम्पर्क कार्यालयमा आगलागी भएको छ।

शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ।

घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन्।

आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 


प्रतिक्रिया दिनुहोस्