इलाम–२ मा रोकियो मतगणना

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : २७


इलाम–२ मा मतगणना रोकिएको छ । इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ।

यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । सो अवडाको मत गन्न बाँकी रहँदा नेम्वाङ एक सय ३० मतले अघि हुनुहुन्छ। उहाँ त्यसअघिको वडामा १६ मतले पछि पर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्