गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाई दिएका छन्।
शनिबार नै सार्वजनिक मत परिणाम अनुसार बोहरा उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने खाँण पराजित भए।
चुनावी नतिजा सार्वजनिक भएपछि खाँणले बोहरालाई टेलिफोन गरी बधाई दिँदै सपल कार्यकालको शुभकामना दिएका उनको सचिवालयले जनाएको छ।