इलाम–२ मा एमाले उपाध्यक्ष नेम्वाङ ३४ मतले पछाडि

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ४ : ५८


इलाम क्षेत्र नं २ को मतगणना अन्तिम समयमा पुग्दा रोचक बन्दै गएको छ। यहाँ नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मतअन्तर क्रमशः घट्दै गएको छ।

इलाम नगरपालिकाको मत गणना हुनुअघि करिब दुई हजार मतले अघि रहनुभएका नेम्वाङको मत अन्तर क्रमशः घट्दै गएको छ। हाल उहाँ १६ मतले पछि पर्नुभएको छ।

नेपाली कांग्रेसका उम्मेदार डम्बरबहादुर खड्काले २८ हजार चार सय ८६ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार नेम्वाङले २८ हजार चार सय ७० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

अब इलाम नगरपालिका–१ र २ को मत गन्न बाँकी छ। यस निर्वाचन क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो। यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिनुभएको थियो।


प्रतिक्रिया दिनुहोस्