बुटवल । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्।
पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन्।
पौडेलको यो निर्वाचन क्षेत्रको चौथो जीत हो । स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका छन्। यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो।