घनश्याम भुसाल हार नजिक

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ४०


एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले हार नजिक पुगेका छन्।

रुपन्देही १ मा ९०,९२३ मतगणना हुँदा एमालेका छविलाल विश्वकर्माले २३,४१८ मतका साथ अग्रता लिएका छन्।

उनलाई भुसालले २०,१२१ मतका साथ पछ्याइरहेका छन्। अहिले मतान्तर ३,२९७ रहेको छ। अब ५,३९९ मतगणना हुन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्