सुजाता कोइराला हारिन्

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : २१


काठमाडौं । मोरङमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पराजित भएकी छन् ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको विरासत मानिएको मोरङ क्षेत्र नम्बर २ बाट कोइरालापुत्री सुजाता पराजित भएकी हुन् ।

सो क्षेत्रमा एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मतका साथ विजयी भएका छन् । सुजाताले ३१ हजार ९४० मत पाएकी छन् ।

यसअघि सो क्षेत्रमा कांग्रेसका डा.मिनेन्द्र रिजालसँग पराजित भएका पोखरेलले यस पटक सुजातालाई पराजित गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्