पाल्पा-२ मा एमालेका गैरे विजयी

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ५५


पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ।

गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिष्पर्धी वाम(लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले २३ हजार आठ सय ५१ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्माङ्गगत अर्यालले जानकारी दिनुभयो।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार एक सय ८० मत प्राप्त गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस्