मोरङ क्षेत्र नं ६ बाट कांग्रेस नेता डा.कोइराला विजयी

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ३९


यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला ३५ हजार दुई सय २४ मत प्राप्त गरी विजयी हुनुभएको छ।

उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका लालबाबु पण्डितले २२ हजार नौ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले नौ हजार एक सय ४० मत प्राप्त गर्नुभएको छ।

निर्वाचन क्षेत्र नं ६९२० बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की १० हजार चार सय ५० मत प्राप्त गरी विजयी हुनुभएको छ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण बस्नेत पर्शुरामले नौ हजार दुई सय ७३ प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा राप्रपाका राजेशकुमार मास्केले तीन हजार आठ सय ३७ मत प्राप्त गर्नुभएको हो।


प्रतिक्रिया दिनुहोस्