धनुषा–३ मा एमालेकी जुली महतो निर्वाचित

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : २७


धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ।

उहाँले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गर्नुभएको छ भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गर्नुभएको छ।

महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्नुभएको हो। दुईपटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बन्नुभएको थियो। यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ।


प्रतिक्रिया दिनुहोस्