बिना मगर पराजित

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : २२


काठमाडौं । कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले)का उम्मेदवार तारालामा तामाङ विजयी हुनुभएको छ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले पाँच हजार पाँच सय ४६ मतान्तरले माओवादी केन्द्रकी वीना मगरलाई पराजित गर्नुभएको हो।

तामाङले २४ हजार आठ सय ९२ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी मगरले १९ हजार तीन सय ४६ मत प्राप्त गर्नुभएको छ । विसं २०७४ को निर्वाचनमा मगरका सारथी बन्नुभएका तामाङले यसपटक मगरलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको हो।

तामाङ सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीसमेत हुनुहुन्छ। उहाँ गत भदौमा मात्रै नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएको थियो ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले आठ हजार छ सय ५९ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीवहादुर शाहीले तीन हजार पाँच सय ३० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले एक हजार नौ सय छ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

एकानब्बे हजार एक सय १० मतदाता रहेको यो क्षेत्रमा ६३ हजार छ सय चार जनाले मतदान गरेका थिए । तीन हजार छ सय १४ मत बदर भएको निर्वाच अधिकृतको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्