गोकुल बाँस्कोटाले कति पाए?

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : १७


काठमाडौं । चासोका साथ हेरिएको काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो मत परिणामअनुसार बाँस्कोटाले ३९ हजार ५ सय ३४ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३५ हजार ७ सय २९ मत ल्याएका छन्।

बाँस्कोटा र हुमागाईँबीच अहिलेको मतान्तर ३ हजार ८ सय ५ छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ८ हजार ९ सय ७० मतसहित तेस्रो स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस्