३ मत बढि ल्याएर कांग्रेसका लामा निर्वाचित

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ५०


काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२)मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी हुनुभएको छ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गर्नुभएको थियो।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गर्नुभएको छ।

यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्