जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भयो: अध्यक्ष लिङ्देन

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ४८


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले जनताले समृद्धि र परिवर्तन खोजिराखेको र यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभयो ।

उहाँले जनतालाई धोका नदिने र विश्वासघात नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । “जनताले विश्वास गरेर मलाई विजय गराउनुभएको छ”, उहाँले भन्नुभयो, “म उहाँहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरूको भरोसामाथि तुसारापात गर्ने छैन ।” अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने र गर्न नदिनेसमेत दोहो¥याउनुभयो।


प्रतिक्रिया दिनुहोस्