प्रचण्डलाई एमाले अध्यक्ष ओलीको फोन

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ५ : ५८


काठमाडौं । तत्कालिन नेकपा विभाजन भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पहिलोपटक फोन गरेका छन्।

अध्यक्ष ओलीले प्रचण्डसँगको फोन संवादमा मिलेर अघि बढ्न प्रस्ताव गरेका छन्। अध्यक्षद्धयले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा एकअर्कालाई बधाई दिएका छन्।

चुनावी परिणाम आउँदै गर्दा प्रचण्डसँग भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्