ज्ञानेन्द्र शाही जित नजिक

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ५१


जुम्लामा  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही जित नजिक पुगेका छन्।

३६ हजार ३१ मतगणना गर्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन्। ८ हजार ३५६ मतले शाही अगाडि हुदा विजयी सुनिश्चित देखिएको हो।

यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ९ हजार ६६९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका रतननाथ योगीले ५ हजार १४७ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्