झापा–५ एमाले अध्यक्ष ओली विजयी

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ४९


झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ।

निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत ल्याउनुभएको छ।

कूल २८ हजार पाँच सय ७६ मतान्तरले अध्यक्ष ओली विजयी हुनुभएको हो।

अध्यक्ष ओली योसँगै छ पटक विजयी बन्नुभएको छ । यसअघि उहाँ विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसक्नुभएको हो।


प्रतिक्रिया दिनुहोस्