शिक्षामन्त्री पौडेल निर्वाचित

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ०३


बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ।

नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित हुनुभएको हो।

विसं २०७४ मा २८ हजार आठ सय २७ मत ल्याएर सांसद चुनिनुभएका पौडेलले यसपटक २४ हजार सात सय ७९ मत प्राप्त गर्नुभयो। उहाँका प्रतिद्वन्द्वी एमालेका चालिसेले २० हजार एक सय ८० मत प्राप्त गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस्