काठमाण्डौ-६: राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : १४


काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन।

उनले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई ५ हजार २९३ मतले पछि पार्दै विजयी भए। उनले १४ हजार २०४ मत ल्याए भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरे।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार भिमसेन दास प्रधानले ८ हजार ८ सय ५ मत पाए।


प्रतिक्रिया दिनुहोस्