काभ्रेमा मतान्तर घटाउँदै बाँस्कोटा

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ०९


काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणना अनुसार १ मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी) केन्द्रका सूर्यमान दोङ र २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा आफ्ना मुख्य प्रतिस्पर्धीसँग मतान्तर घटाइरहेका छन्।

प्रतिनिधिसभा १ नं क्षेत्रमा एमालेका रेशम लामाले पाँच हजार चार सय ८२ मतले अग्रता लिइरहनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी दोङले पाँच हजार दुई सय एक मतले पछ्याइरहनुभएको छ। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले हालसम्म चार हजार छ सय ९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै प्रतिनिधिसभा २ नं क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १२ हजार पाँच सय ९३ मतले अगाडि हुनुहुन्छ।

भने उहाँका प्रतिस्पर्धी बाँस्कोटा एक सय ८ मतान्तरमा हुनुहुन्छ। जिल्लामा एक लाख ८६ हजार नौ सय ३५ मतदाताले मतदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस्