काठमाडौँ-२ मा पूर्व सभामुख हारिन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ४७


प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ।

बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो।

सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी)का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाउनु भएको छ।

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्