उदयपुर-२ मा एमालेका रायमाझी विजयी

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ३८


उदयपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सद स्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ। उहाँले १५ हजार दुई सय ५१ मत ल्याउनुभयो।

उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार आठ सय ९३ मत ल्याउनुभयो। स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार तीन सय मत ल्याउँदै तेस्रो हुनुभयो।

निर्वाचन अधिकृतको कार्यालय कटारीका निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार यस क्षेत्रमा कूल ४४ हजार आठ सय ७५ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा चार गाउँपालिका र एक नगरपालिका पर्छन्।


प्रतिक्रिया दिनुहोस्