रसुवामा काँग्रेसका आचार्य दोब्बर मत ल्याएर विजयी

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : १८


हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी हुनुभएको छ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका उम्मेदवार आचार्य १८ हजार दुई सय ३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकतम प्रतिस्पर्धी छेवाङ तामाङले आठ हजार छ सय १४ मत प्राप्त गर्नुभएको छ।

परिणाम जिल्ला निर्वाचन कार्यालयले आधिकारिकरूपमा घोषणा नगरेको भए पनि मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो।

कूल २८ हजार दुई सय ११ मत गणना गर्दा २७ हजार चार सय २७ मत सदर भएको थियो भने सात सय ८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्