कैलाली–३: नागरिक उन्मुक्ति पार्टीका गंगाराम विजयी

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ३९


कैलाली प्रतिनिधिसभा क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित हुनुभएको छ ।

निकतम प्रतिस्पर्धी सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीसँग पाँच हजार तीन सय ७१ मत अन्तरले २३ हजार एक सय २० मतसहित गङ्गाराम निर्वाचित हुनुभएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका कृष्णकुमारले १७ हजार सात सय ४९ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका गौरीशङ्कर चौधरीले नौ हजार आठ सय ७४ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बमले सात हजार ४७ मत प्राप्त गर्नुभएको छ । एक लाख सात हजार छ सय ५९ मतदाता सङ्ख्या रहेको उक्त क्षेत्रमा ६३ हजार चार सय ४० मत खसेको थियो । उक्त क्षेत्रमा चार हजार २१ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सम्पन्न पछि अहिले प्रदेशसभा सदस्यको मतगणना जारी रहेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्