गोकुल बाँस्कोटा १३ सय बढी भोटले पछाडि

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ३७


प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा १३ सय ८० मतले पछि परेका छन्।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर १,२, ३, ४, ५ र बनेपा नगरपालिका वडा १ र २ को मतगणनाको अन्तिम मतपरिणाम अनुसार बास्कोटा १३ सय ८० मतले पछि छन् ।

हालसम्मको मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईंले ५३ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार बाँस्कोटाले ४ हजार ६ मत ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस्