‘बहकिने मन’का प्रस्तोता महाविर विश्वकर्माको माइक्रो दुर्घटनामा निधन

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ४०


चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता तथा सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परि निधन भएको छ।

विश्वकर्माको आज बिहान चितवनमा सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

उनी सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो।

विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

पछिल्लो समय काठमाडौं बस्दै आएका उनी निर्वाचनमा मतदान गर्न चितवन गएका थिए।

उनले विभिन्न रेडियोमा कार्यक्रम सञ्चालन गर्थे। उनले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ।

 


प्रतिक्रिया दिनुहोस्