एमालेले ललितपुरबाट खोल्यो खाता, प्रेम महर्जन बने सांसद

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ३६


काठमाडौं । ललितपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम मर्हजन विजयी भएका छन्।

लितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १५ हजार २५ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले ८ हजार ६६६ मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८ हजार २६४ मतसहित चौथो स्थानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्