काठमाडौँ–६ मा घण्टीको अग्रता, एमाले पछाडि

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : १२


काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता लिनुभएको छ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले सात सय १६ मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो।

दुई हजार एक सय २३ मतगणना हुँदा दोस्रो मत नेकपा ९एमाले० का उम्मेदवार सर्वेन्द्र खनालले प्राप्त गर्नुभएको छ।

उहाँले चार सय ९२ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले चार सय ८२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खनालले बताउनुभयो।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ। जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्