ललितपुर–२ मा एमाले उम्मेदवार महर्जन दुई हजार चार सय मतान्तरले अगाडि

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४५


ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो मतान्तर बढाएको छ।

आज बेलुका सवा ७ बजेसम्मको मतगणना विवरणअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यभन्दा दुई हजार चार सय १९ मत अन्तरले अग्रता कायम गर्नुभएको छ।

कूल ३७ हजार नौ सय १७ मतगणना हुँदा एमाले उम्मेदवार महर्जनले १० हजार तीन सय तीन मत पाउनुभएको छ। हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्य सात हजार आठ सय ८४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णलाल महर्जन छ हजार चार सय ८६ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले छ हजार ६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले चार हजार नौ सय ५८ मत पाउनुभएको छ।


प्रतिक्रिया दिनुहोस्