रोल्पामा माओवादीका पुन अगाडि

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ०१


आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्र्तगत जारी मतगणनामा रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिनुभएको छ।

अहिलेसम्म एक हजार १६ मतगणना हुँदा पुनले छ सय ९० मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले दुई सय आठ मत प्राप्त गर्नुभएको छ।

प्रदेशसभा ९२० मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन सिजलले अग्रता लिनुभएको छ । तीन सय एक मत गणना हुँदा स्वतन्त्र उम्मेदवार सिजलले एक सय ४४ मत ल्याउनुभएको छ । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनले ७९ र नेकपा एमालेका प्रेमबहादुर घर्तीमगरले ६८ मत पाउनुभएको छ।

त्यस्तै प्रदेश १ मा ६०५ गन्दा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका जोगबहादुर महराले ३७० र एमालेका कमलबहादुर बुढाथोकीले १०६ मत पाउनुभएको छ।


प्रतिक्रिया दिनुहोस्