उदयपुर–१ मा कांग्रेसका डा.नारायण खड्काको अग्रता

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ५१


उदयपुर क्षेत्र नं १ को एक हजार मत गणना हुँदा कांग्रेसका डानारायण खड्काले अग्रता लिनुभएको छ।

खड्काले चार सय चार मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) मञ्जुकुमारी चौधरीले तीन सय ८७ मतले पछ्याइरहनु भएको छ्।

त्यसैगरी तेस्रोमा राप्रपाका धुव्रकुमार रायमाझीले ५१ मतले तेस्रो स्थान लिएका छन्।

चौथोमा जसपाका गोपाल राईले ४६ मत पाएका छन् । उदयपुर निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा ७६ हजार सात सय ५६ मत खसेको छ । जिल्लाको क्षेत्र नं २ मा पनि मतगणना सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस्