मुस्ताङबाट काँग्रेसले खोल्यो खाता, २९ वर्षीय गौचन बने सांसद

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ०७


प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ। मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्।

सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन्।

 


प्रतिक्रिया दिनुहोस्