कास्की-२: घण्टीको अग्रता

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : २८


लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ ।

प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत
प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)की विद्या भट्टराईले एक सय २२ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले एक सय १० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका सुवर्णराज पन्तले ७५ मत प्राप्त गर्नुभएको छ।

निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यको मतगणना पनि सुरु भइरहेको र केही समयमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताइएको छ।

त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना बिहान ११ बजेदेखि सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्