मतपेटिका पुर्याएर फर्केको जिप खोलामा खस्यो, ६ प्रहरीको मृत्यु

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : १७


बैतडी –बैतडीमा प्रहरी बोकेको जिप सोमबार बिहान दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर जिपमा सवार रहेका ६ जना प्रहरीको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।

मतपेटिका पुर्याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनले भने, “६ जनाको मृत्युु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु।”

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ। रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ। दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरुको भने पहिचान भएको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्