बाजुरा झडप: राति घरमै गएर कुटपिट, एमाले विद्यार्थी नेताको मृत्यु

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ११


काठमाडौं । बाजुरामा थप एक जनाको मृत्यु भएको छ। आइतबार मतदान सकिनै लाग्दा काँग्रेस कार्यकर्ताको प्रहरीको गोलीबाट निधन भएको थियो

सोही क्षेत्रमा एक एमाले निकट विद्यार्थी नेताको पनि मृत्यु भएको छ। जिल्लामा आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ।

अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन्।

कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका लागि बयलपाटा अस्पताल लगिएको थियो। स्थायनीले अयडीलाई रोडमा घाइते अवस्थामा फेला पारेका थिए। उनको बाटोमै मृत्यु भएको हो।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो। उनी नेपाली कांग्रेस कार्यकर्ता हुन्।

 


प्रतिक्रिया दिनुहोस्